मैले आफूलाई भेटेकै प्रेमको अलमलमा हो
मैले आफूलाई पाएकै
पहाडको फेदीमा चरा खेदिरहेको बेला हो
सिमसार नजिकै
माटो खेलाइरहेको बेला हो
हिँड्दा पनि एकदम ढिलो
पाइला चालिरहने म
कति धेरै अलमल गरिरहन रूचाउँदो रहेछु
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.