आफ्नै जङ्गलमा आफ्नो मातृभाषा पढ्न नपाएका जन्तुहरु
कुन ओढारतिर गईरहेका होलान् डिभ्लो गर्न?
आाफैले बनाएको मन्दिरमा पस्न नपाएका मिस्त्री चराहरु
कुन देवता खोज्दैहोलान् पूजा गर्न?
मासिकस्रावमा घरनिकाला भएका शरणार्थी चरीहरु
कुन आकाश खोज्दैहोलान् आनन्दले श्वास फेर्न
इक्वारियम भित्रको माछाले
पाउने स्वतन्त्रता भन्दा
अग्लो छैन यिनीहरुले पाएको स्वतन्त्रता
कीलाको गाइबाख्राले पाउने स्वभिमान भन्दा
सङ्लो छैन यिनीहरूले पाएको स्वभिमान