मैले परार नै-
आँपको समालोचना गर्छु भन्ने सोचेको थिएँ
परार बारीमा आँप फल्यो पनि
मैले-
त्यसको समालोचना गर्ने सुरसार गर्दागर्दै
आमाले सारा आँप
आफन्त र छिमेकीहरूलाई बाँडिदिनु भयो
र, मैले त्यसको समालोचना गर्न पाइन..
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.