दुःखले भिजेका आँखाहरूले
एकनासले हेरिरहेछन् मलाई
विषादले भरिएका आँखाका नानीहरूमा
पढिरहेछु म
उनीहरूको जीवनको रङ, गति र लय
उनीहरूको सपना, क्रोध र घृणा
पढिरहेछु पीडा र आक्रोसले लेखिएका
कविताका हरफहरू
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.