आमा, त्यो आउँछ र ?
“हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ
त्यो आउँदा तिमी पहिले त
सपना हो कि भनेर छामछुम गर्नेछौ
तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
...