भ्रमण वर्ष २०२०को शुरुवातमै स्रष्टाहरुको घुम-घाम

हिजो २०२० जनवरी १ को दिन साहित्यकारहरूले काभ्रे जिल्लाको पनौती नगरपालिकामा पर्ने कुशादेवीको भ्रमण गरेर भ्रमणवर्ष २०२० शुरु गरेका छन् |

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नेतृत्त्व र कथाकार देविका तिमिल्सिनाको संयोजकत्वमा आयोजित उक्त भ्रमणमा श्रष्टाहरू राप्रउ पोखरेल, पवन आलोक, किशोर पहाडी, विधान आचार्य, शार्दूल भट्टराई, जानू धिताल, वियोगी बुढाथोकी, शङ्कर भारती, आत्माराम शर्मा, नारायण ढकालका साथै अर्थशास्त्री डा. विष्णु शर्माको सहभागिता थियो |

कुशादेवीको कुशादेवी हिमालयन रिसोर्टमा एक राते बसाइको उक्त भ्रमणमा मनोरन्जनका साथै अनौपचारिक रुपमा साहित्यिक अन्तरक्रिया र वाचन पनि गरिएका थिए | 

Picture: Kishore Pahadi, Facebook