Usha Hamal's 'Sagwol Azerbaijan' soon to be released

लेखक उषा हमालको ‘सागओल अजरबैजान’ सार्वजनिक हुँदैछ । पुस्तक अक्षर क्रिएसन्सले प्रकाशन गरेको हो । 
लेखक हमाल भन्नुहुन्छ, "हामीले जनयुद्धको विभीषिका भोग्यौं । आफन्त गुमायौं । समय र श्रमको व्यापक दुरूपयोग भयो र धेरै पछि मात्र त्यो ऐंठनबाट मुक्त भयौं । अब हामीसँग लामो ऐंठनपछि निधारमा आएको चिसो पसिना जस्तो समय मात्र हात लागेको छ र त्यसको प्रभाव वर्तमान नेपाली साहित्यमा देखिन थालेको छ । सो प्रभाव यस पुस्तकमा पनि व्याप्त छ । यसमा अजरबैजान मात्र नभई पूर्वसोभियत सङ्घ र नेपालको एउटा सिङ्गो कालखण्डको प्रभाव पनि उत्तिकै बोलेको छ । विज्ञ पाठकहरुसमक्ष यस रुपमा आफ्नो चिन्तन प्रस्तुत गर्न पाउँदा म हर्षित छु ।"