उषा हमालको ‘सागओल अजरबैजान’ सार्वजनिक भएको छ । हमालको पुस्तक ‘सागओल अजरबैजान’ लाई अक्षर क्रियसन्सले हालै बजारमा ल्याएको छ । यात्रा निबन्धहरुको सङ्कलन रहेको पुस्तकमा सोभियत सङ्घबाट केही समय अघि अलग्एिको देश अजरबैजानका जनताको साम्यवादी व्यवस्थाप्रतिको अतीतमोह र नवथापित पूँजीवादलाई जीवनसापेक्ष बनाउन सङ्घर्षरत जनजीवनबारे लेखिएका छन् । लेखक हमालका अनुसार बहुअर्थी शब्द ‘सागओल’को एउटा अर्थ धन्यवाद हुन्छ । थिएटर भिलेज, उत्तरढोका लाजिम्पाटमा नियात्राकार समाजशास्त्री सङ्गीता लामा, प्रतीक ढकाल र लेखकबीच अन्तरक्रियासहित कृति लोकार्पण भएको थियो ।