न्हुजः खलः पुस्तकालयले टोखामा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना गर्दै

काठमाडौंको टोखामा राष्ट्रिय यूवा कविता प्रतियोगिता हुने भएको छ । यस प्रतियिगिता टोखाको न्हुजः खलः पुस्तकालयले आयोजना गर्दै छ । ‘राष्ट्रिय यूवा कविता प्रतियोगिता तथा राष्ट्रिय युवा कार्यशाला- २०७६’ नाम दिइएको यस प्रतियोगितामा देशभरिबाट गरी एक सय युवा कविले प्रतिस्पर्धा गर्नेछन् ।
कविता प्रतियोगितामा १८ देखि २५ वर्षका युवाहरुले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा फागुन ११ गते आयोजना हुने छ । कविता माघ २५ गतेसम्म बुझाइसक्नु पर्नेछ । प्रतियोगी मध्येबाट प्रथम, द्बितीय र तृतीय हुने कविले क्रमश ५०, ३० र २० हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् ।