सुविन भट्टराईको 'प्रिय सुफी' सार्वजनिक

सविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ शनिबार राजधानीमा लोकार्पण भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा सुविन भट्टराईसहित गायिकाद्वय शीतल र शिवानी मोक्तान र अभिनेत्री आँचल शर्माले उपन्यास लोकार्पण गरेका थिए ।

उपन्यासकार सुविन भट्टराईले आफ्ना अघिल्ला कृतिहरूजस्तै ‘प्रिय सुफी’ लाई पनि पाठकबाट माया पाउनेमा आफू ढुक्क रहेको बताएका थिए ।

डबलीमा खचाखच उपस्थितिमाझ गरिएको कार्यक्रममा युवा गायिकाहरू शीतल र शिवानी मोक्तानले सांगीतिक प्रस्तुति पनि गरेका थिए । पुस्तकलाई  फाइन प्रिन्टले बजारमा लेराएको हो ।