Shailendra Adhikari's 'Nirved' Released

लेखक शैलेन्द्र अधिकारीद्वारा लिखित् पुस्तक ‘निर्वेद’ सार्वजनिक भएको छ । उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, त्रिभुवन विश्वविध्यालयका उप-प्राध्यापक सुदीप पोख्रेल र साहित्यकार रूपक अलङ्कार र लेखक स्वयंले संयुक्त रुपमा  शनिबार, असोज ४ गते कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा सार्वजनिक भएको थियो  । 
शिक्षण पेशामा आबद्ध अधिकारी यसअघि गजल लेखनसँगै समालोचना विधामा सक्रिय थिए । शिखा बुकसले बजारमा ल्याएको 'निर्वेद' को बजार मूल्य रु ३५० रहेको छ ।