भट्टराईको सेयर मन्त्र किताव इ बुकमा पढ्न पाइने

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई द्धारा लिखित पुस्तक सेयर मन्त्र अव इ बुकमा पनि पढ्न पाइने भएको छ । यसको इ बुक संस्करण थुप्रै डटकम (thuprai.com) ले प्रकाशन गरेको हो । थुप्रै डटकम र थुप्रै (thuprai) मोवाइल एपमा गएर भट्टराईको इ बुक किन्न र डाउनलोड गरेर पढ्न सकिने थुप्रै डटकमले जनाएको छ । थुप्रै एप एन्ड्रोइड र आइओस दुवैमा उपलब्ध छ । पाठकको अधिक माग र विश्व व्यापि फैलिएका नेपाली लगानीकर्ताको चाहनालाई ध्यानमा राखेर इ बुक प्रकाशन गर्ने सोच बनाएको लेखक भट्टराईले बताए । यस्तै उनले थपे ‘प्रविधिको विकास सँगै आफुलाई बदल्दै लगिए पाठकको चाहना पुरा गर्न र मन जित्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो ।’ यस्तै उनले लेखेका सेयर बजार सम्बन्धि अन्य पुस्तक पनि विस्तारै इ बुक संस्कारणमा प्रकाशन गर्ने पनि उनले बताए । सेयर मन्त्रको इ बुक संस्करणको मूल्य २७५ रुपैया र पेपर ब्याक संस्करणको मूल्य ३७५ रुपैया छ । प्रकाशन भएको यो किताव सेयर बजारमा लगानी गर्ने पाठक माझ निकै लोकप्रिय छ । यसभित्रको विषयका बारेमा सामाजिस संजालमा पोस्ट गर्दै हरी तिमल्सिना लेख्छन,

तपाँइले पढ्नु भो?
शब्द शब्दमा अर्थ छ । वाक्य वाक्यमा अर्थ छ । प्रत्येक अनुच्छेदमा अर्थ छ । विभिन्न धार्मिक कर्म काण्डका पुस्तकमा उल्लेखित मन्त्रले धर्म रक्षाका बारेमा वकालत गरेको पाइन्छ भने रविन्द्र भट्टराई द्धारा लिखित पुस्तक सेयर मन्त्रले सेयर लगानीकर्ताको लगानी रक्षा प्रदान गर्न भरपुर खुराक प्रस्तुत गरेको छ । सेयर मन्त्रका विषय बस्तु भित्र प्रत्येक शब्द, बाक्य र अनुच्छेदले सहि यथार्थ अनि वास्तविक अर्थ दिएको छ ।