पुष्पलता आचार्यद्वारा लेखित उपन्यास "किताब यात्रा " सार्वजनिक

काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘किताब यात्रा’ पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकलाई शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । ‘किताब यात्रा’ लाई सार्वजनिक गर्दै नेपालमा यस प्रकारको पुस्तक नयाँ भएको प्रमुख अतिथि सत्यमोहन जोशीले बताए ।
उनले भने ‘यात्रा आफैँमा रोमान्चक र रहस्यले भरिएको हुन्छ, चाहे त्यो कोलम्बसको अमेरिका पत्ता लगाउने यात्रा होस् वा चीनका राजा कुब्ला खाँलाई भेट्न अरनिको पुगेको हुन् । संसारमा सबै प्रकारको यात्रा देखेपनि किताब लिएर यात्रा गरेको र त्यसको पुस्तक बनेको यो पहिलो पल्ट हो ।’

कार्यक्रममा बिसिष्ट अतिथि साहित्यकार भरत जङ्गम थिए भने  प्रबक्ताहरु साहित्यकार डा बिन्जु शर्मा, साहित्यकार रमेश सुवेक्षु, साहित्यकार डा बिन्जु शर्मा साहित्यकार रमेश सुवेक्षु, घोस्ट राइटीइङ् अध्यक्ष कमल ढकाल थिए । कार्यक्रमलाई डा. घनश्याम खतिवडाले उद्घोषण गरेका थिए । कार्यक्रम कुञ्ज थिएटर, थापागाउँमा भएको थियो ।