नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ''गणतन्त्रको यात्रा : बन्दी वृतान्त" प्रकाशन हुँदै

Feb. 21, 2019

नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ''गणतन्त्रको यात्रा : बन्दी वृतान्त" प्रकाशन हुँदै

नरहरि आचार्यको संस्मरणात्मक पुस्तक "गणतन्त्रको यात्रा : बन्दी वृतान्त" प्रकाशन हुँदै छ | 

लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका नरहरि आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका शुरुवातकालिन अभियन्ता समेत हुन् | नेपाली कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन शुरु हुनुभन्दा धेरै अघि देखि नै विभिन्न अभियान चलाएका थिए | बौद्धिक समाज र नेपाली कांग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भए | 

०६१ सालको राजा ज्ञानेन्द्रको कू पछी नेपाली राजनीतिको कोर्स परिवर्तन भयो | धेरै नेता कार्यकर्ताको धरपकड शुरु भयो र बन्दि बनाइयो | २०६१ माघ १९ गते आचार्यलाई पनि बन्दि बनाइयो | त्यहि बन्दी अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त हो यो पुस्तक | 

पुस्तकको सन्दर्भमा आचार्य भन्छन्- ''... यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो | म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो | ...खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु |'' 

नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई लिपिवद्द गरेका छन् | आचार्यले आफ्नो अनुभव र तत्कालिन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो बिचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुने प्रकाशकका रुपमा हामीले बिस्वास गरेका छौं |

'गणतन्त्रको यात्रा : बन्दी वृतान्त ' पुस्तक ६३८ पृष्ठको रहेछ | यो पुस्तक चैत्रको पहिलो साता बजारमा उपलब्ध हुनेछ |


Latest News

यज्ञशको ‘भुइयाँ’ लोकार्पण

Sept. 3, 2017

पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’ आइतबार सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्ड भृकटीमण्डपमा आयोजित कार्यक्रममा आख्यानकार कुमार नगरकोटी र नेपाल मानव अधिकार आयोगकी आयुक्त मोहना

क्याप्टेन डिआर निरौलाको "आकाश यात्रा" लोकार्पण

Aug. 19, 2019

क्याप्टेन डीआर निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ। पुस्तकको लोकार्पण शताब्दी पुरुष सत्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष

Publication Nepalaya to launch historic fiction ‘Ranahar’

May 31, 2018

Publication Nepalaya is set to launch 'Ranahar'' a fictionalized account based on the historic portrayal of the last Malla King Ranajeet Malla, authored by History