संग्रहालय बन्दै महाकवि देवकोटा निवास

काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी काठमान्डौस्थित कविकुञ्ज र त्यसले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ।

जग्गाप्राप्तिका ढिलाइ भएका कारण संग्रहालय निर्माणमा ढिलाइ हुँदै आएको थियो । 

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको नेपाल प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।  हक हस्तान्तरणबापत महाकवि लक्ष्मी प्रसाद देवकोटाका छोरा क्रमशः प्रा. डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरि सकिएको छ ।