Looking back at the musical drama Munamadan

महाकवि देवकोटाद्धारा रचित लोकप्रिय गीतिनाटक मुनामदन कोकिल गुरुङको निर्देशनमा संस्थानले २०३२\२०३३ सालतिर तयार पारेको हो । तत्कालिन समयमा सवैभन्दा धेरैपटक मञ्चन गरिएको यस मुना-मदन गीतिनाटकमा स्वरसम्राट नारायण गोपाल, कमला श्रेष्ठ, तारादेवी, गणेश रसिक, नविनकिशोर राई, माणिकरत्न तुलाधर, कमल क्षेत्री, भुवन चन्द तथा ईन्द्र नारायण श्रेष्ठ लगायतको स्वर रहेको नाटकका गीतहरु रेकर्डिङ्ग श्याम तामाङ्ले सांस्कृतिक संस्थानमै लाइभ रेकर्ड गरेका हुन् । नाटकको संगीत वरिष्ठ संगीतकार चन्द्रराज शर्माले गरेका हुन् ।

 

लेखक तथा रचनाकार: महाकवि लक्ष्मी प्रसाद देवकोटा
निर्देशन: कोकिल गुरुङ
कार्यक्रम प्रमुख: गोविन्द प्रसाद तिमल्सेना
संगीत: चन्द्रराज शर्मा
भेषभुषा: कमला
श्रृङगार: कृष्ण रत्न कंशाकार
मञ्च सज्जा: लाल बाबु महर्जन र निल बाबु महर्जन 
गीत रेकर्डिस्ट: वसन्त पण्डित रायमाझी, श्याम मानन्धर, शिव प्रसाद ढुंगाना, जगत बहादुर महर्जन
रेकर्डिङ अवधि: लगभग ६ महिना (वि. सं. २०३२ साल)
फर्मेट: स्पुल रेकर्डिङ
पार्श्व स्वर: स्वर सम्राट नारायण गोपाल, तारा देवी, गणेश रसिक, कमला श्रेष्ठ, माणिक रत्न तुलाधर, नविन किशोर राई, ईन्द्र नारायण मानन्धर, भुवन चन्द र कमल क्षेत्री ।

 

वाद्यवादन: ताल वादन तर्फ - धृजलाल कुलु, प्रेमदेव गिरी, न्हुछेमान डंगोल, 
सारंगी तर्फ: लाल बहादुर गन्धर्व, राम शरण नपाली
बाँसुरी तर्फ: विश्व नाथ कार्की ढली
अन्य: कृष्ण बहादुर परियार, मदन परियार, पुर्ण प्रसाद मानन्धर, श्याम परियार, शुभ बहादुर सुनाम,  गणेश परियार, मन श्याम, कमल कृष्ण, राज कपुर (गितार), बागदास

 

कलाकारहरु:
मदन: कोकिल गुरुङ
मुना: विमला श्रेष्ठ
आमा: कृष्ण प्रधान
दिदी: शुभद्रा अधिकारी
नैनी: बसुन्धरा भुषाल
मदनका साथीहरुमा: बेद गुरुङ, गोपाल बस्नेत, टेकराज भारती, अशोक चालिसे, भरतराज शर्मा, दिल बहादुर श्रेष्ठ
भोटे: श्याम प्रजापति
भोटेको छोराछोरीमा: सुदेश शर्मा र शान्ता शर्मा
वैद्य:  प्रेमदेव गिरी

 


रोचक तथ्य
- टिकट दर: रु २, ५ र १० रहेको । 
- १०० दिन, २५ हप्ता हुँदै लगातार ५२ हप्ता सम्म प्रदर्शन गरी सबै भन्दा धेरै पटक प्रदर्शन भएको रेकर्ड कायम भएको । 
- मुनामदन उपत्यका बाहिर २०३३ सालमा पहिलो पटक नवलपरासी, पाल्पा, बुटवल र पोखरामा प्रदर्शन भएको । 
- नाटकको अवलोकन पछि खुशी भई मुमा बडा महारानीले नगद रु १००० बक्सिस प्रदान ।