जोर बन्दुकको छाया

अन्तराष्ट्रिय बेपत्ता दिवसको सन्दर्भ पारेर हामिले माओवादी द्वन्द्वकालको बारेमा लेखिएको पुस्तक ‘जोर बन्दुकको छाया’ को कभर सार्वजनिक गरेको छौं । हाल बेलायतमा बस्ने पूर्व संचारकर्मी श्रीभक्त खनालद्धारा लिखित यो संस्मरणात्मक पुस्तकले विगतमा भएका द्वन्द्व र त्यसका कहालीलाग्दो परिणामका बारेमा छर्लङ्ग पारेको छ । औपचारिक रुपमा द्वन्द्व सकिएको १४ बर्ष बितिसक्दा पनि द्वन्द्वपीडितले पाउन नसकेको न्याय र त्यसपछि पनि भोग्न परेको भुक्तमानको फेहरिस्त हो यो पुस्तक ।

लमजुङ दुराडाडाँबाट शुरु भएको यो पुस्तकको अध्याय बेलायतको फौजदारी अदालत सम्म पुगेर टुङ्गिएको छ । सृजनशिल लेखन र खोज पत्रकारिताको समिश्रणले यो पुस्तक पठनिय त छ नै द्वन्द्वका समयमा राज्य पक्ष र बिद्रोही पक्षले लुकाउन खोजेका कुराहरुलाई समेत उजागर गरेर लेखकले सत्यतथ्य आम पाठक सम्म ल्याउने जमर्को गरेका छन् ।

सत्यनिरूपणको नसुल्झिएका पाटा र त्यस्का कारण र हुन सक्ने दुस्परिणामका बारेमा बुझ्न समेत यो पुस्तक उपयोगी हुनेछ ।

लेखकको नेपालमा रहेका तिब्बती शरणार्थीको बारेमा लेखिएको गैर आख्यान पुस्तक "अफ्ट्यारो बाटो" सांग्रीला बुक्सबाट नै प्रकाशित भएको छ। त्यो पुस्तकको तेस्रो संस्करण र अङ्ग्रेजी संकरण पनि भर्खरै बजारमा आएको छ