झरना साहित्यिक परिवार मकवानपुरकाे २४६ औँ साहित्य शृङ्खला

झरना साहित्यिक परिवार मकवानपुरकाे २४६ औँ साहित्य शृङ्खलाकाे अवसरमा बकैया- ५ स्थित प्रभात माविमा प्रशिक्षणात्मक काव्य गाेष्ठी हिजो आइतबार सम्पन्न भएकाे छ । कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक सङ्गिता दाहालकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवजित जिम्बाकाे प्रमुख अातिथ्य रहेकाे थियाे ।

कार्यक्रममा प्रभात मावि र बकैया-४ स्थित महेन्द्र नमूना माविका शिक्षक र विद्यार्थी गरी ७५ जनाकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा "पठन/लेखन संस्कृतिकाे विकास किन र कसरी?" भन्ने विषयमा झसाप सचिव चिरञ्जीवी लामिछानेले अभिमुखीकरण गराउनुभएकाे थियाे भने झसाप अध्यक्ष दीपक गाैतमले काव्य विधाअन्तर्गतका हाइकु, मुक्तक, गजल, लाेक छन्दका कविता तथा गद्य कविता लेखनबारे प्रशिक्षण तथा लेखन अभ्यास गराउनुभएकाे थियाे । झरना साहित्यिक परिवार मकवानपुरले मकवानपुरका हेटाैँडा उपहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका लगायतका ४० भन्दा बढी विद्यालय तथा क्याम्पसहरूमा गई "सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान" अन्तर्गत काव्य प्रशिक्षण सम्पन्न गरिसकेकाे छ भने अधिकांश विद्यालयहरूमा "बाल साहित्य समिति" समेत गठन गरिसकेको छ ।