जयदेव भट्टराईको ‘स्मृतिमा छाडेर जानेहरु’ सार्वजनिक

पत्रकार तथा साहित्यकार जयदेव भट्टराईको नयाँ कृति ‘स्मृतिमा छाडेर जानेहरु’ सार्वजनिक भएको छ । जयदेव भट्टराईको बुवा इतिहासकार गुणदेव भट्टराईको ११ औ  बार्षीकीमा मंगलबार उक्त कृति सार्वजनिक गरिएको हो । 

यस पुस्तकमा नेपाली साहित्यको क्षेत्रमा नाम कमाएका र ओझल परेकाहरुसँगको स्मृतिबारे लेखिएका ३६ वटा संस्मरणहरु पुस्तकमा समेटिएका छन् । लेखकले डायमनशम्सेर राणा, गोविन्द गोठाले, बालकृष्ण पोखरेल, फणीन्द्रराज खेताला, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, बुलु शर्मा, पुण्यरश्मि खतिवडा, देवी शर्मा, सुन्दरप्रसाद शाह दुखी, शिव रेग्मी, जगदीशशम्सेर राणा, जगदीश घिमिरे, शिव रेग्मी, दैवज्ञराज न्यौपाने, प्रेमा शाह, मनु ब्राजाकी, कृष्णभूषण बलआदिसँगका संस्मरण र उनीहरुको शब्दचित्र प्रस्तुत गरेका छन्  ।