जय छाङ्छाको 'पैदलै काठमाडौंका चुलीहरू' बजारमा

कवि तथा नियात्रकार जय छाङ्छा राईले छैठौं नियात्रा संग्रह ‘पैदलै काठमाडौंका चुलीहरू’ पाठकमाझ ल्याएका छन् । 

नियात्रा संग्रहमा जम्मा पन्ध्रवटा नियात्राहरू संग्रहित छन् । नगरकोट, साँगाभन्ज्याङबाट आशापुरेश्वर हुँदै रानीकोट, लाँकुरी भन्ज्याङ, फुलचोकी, चन्द्रागिरि, भालेश्वर, नागढुंगादेखि भीम ढुंगा, दहचोक, जामाचो, शिवपुरी, गोदावरीको पहाड उक्लेर लाँकुरीभन्ज्याङ, वागद्वार, तारेभीर, सुन्दरीजलदेखि बूढानीलकण्ठ र मणिचुड यात्रा यस नियात्रा संग्रहमा समावेश छन् । नियात्रामा वरिपरिको सुन्दर हरियाली वातावरण, सामाजिक, राजनीतिक, धार्मिक, स्थानीयवासीहरूको आर्थिक, भौगोलिक तथा सांस्कृतिक अवस्थाबारे वर्णन गरिएको छ । 

२०७३ सालको यात्रा साहित्यका लागि नियात्रा विधातर्फ साझा पुरस्कारसमेत प्राप्त गर्न सफल उनको नियात्रा संग्रह 'दोहाको सीधा उडान' गत वर्ष मदन पुरस्कारका लागि नोमिनेसनमा समेत परेको थियो ।