पूर्वमन्त्री श्रीप्रसाद जबेगूको ‘साप्थबा’ विमोचन

पूर्वमन्त्री जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । शनिबार सातदोबाटो स्थित चुम्लुङ हिममा  पूर्वसञ्चारमन्त्री राम कार्की, पूर्वकुलपति बैराँगी काइला र डा. देवी क्षेत्री दुलाललगायतले कथा संग्रह विमोचन गरेका हुन् ।

जबेगूद्धारा लिखित 'साप्थबा' मा संग्रहित कथाहरु ग्रामीण भेगका पिछडिएका, गरिब, निमुखाहरुको जीवन १५ वटा कथामा समिटिएको छ । कथाकार श्रीप्रसाद  जबेगूको यो दोस्रो कृति हो । यस अघि उनको निबन्ध संग्रह लिम्बुवान : लिम्बू कि लिम्बुवानवासीको २०७३ सालमा प्रकाशित छ ।