आइएमई नेपाल साहित्य महोत्सवको आठौँ संस्करण हुदैँ

‘आईएमई नेपाल साहित्य महोत्सव २०१९ ’ यस वर्ष जनकपुर र पोखरामा हुने  बताइएको छ । महोत्सव कात्तिक १७ र १८ गते जनकपुर र मंसिर २६ देखि ३० गतेसम्म पोखरामा हुनेछ। यो आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर (Sashi Tharoor) , भारतीय अभिनेत्री शबना आज्मी (Shabana Azmi), भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर (Javed Akhtar) लगायत चर्चित हस्तीहरूका साथै देशविदेशका १५० भन्दा बढी साहित्यकार, कलाकार, लेखक, पत्रकार  र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ । यस फेस्टिभलले 'नेपाल भ्रमण वर्ष २०२०' (Nepal Tourism Year 2020) लाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन् ।

महोत्सवमा यस पटक दक्षिण एसियाली साहित्यकै उत्कृष्ट एवम् गरिमामय डीएससी पुरस्कार (DSC Prize for South Asian Literature) समेत प्रदान गरिने बताइएको छ । २५ हजार अमेरिकी डलर राशि बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको छ ।