Ganatantra ko Yatra by Narahari Acharya Releasing Soon

नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ''गणतन्त्रको यात्रा : बन्दी वृतान्त" प्रकाशन हुँदै छ |
लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका नरहरि आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका शुरुवातकालिन अभियन्ता समेत हुन् | नेपाली कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन शुरु हुनुभन्दा धेरै अघि देखि नै विभिन्न अभियान चलाएका थिए | बौद्धिक समाज र नेपाली कांग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भए |
०६१ सालको राजा ज्ञानेन्द्रको कू पछी नेपाली राजनीतिको कोर्स परिवर्तन भयो | धेरै नेता कार्यकर्ताको धरपकड शुरु भयो र बन्दि बनाइयो | २०६१ माघ १९ गते आचार्यलाई पनि बन्दि बनाइयो | त्यहि बन्दी अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त हो यो पुस्तक |
पुस्तकको सन्दर्भमा आचार्य भन्छन्- ''... यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो | म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो | ...खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु |''
नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई लिपिवद्द गरेका छन् | आचार्यले आफ्नो अनुभव र तत्कालिन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो बिचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुने प्रकाशकका रुपमा हामीले बिस्वास गरेका छौं |

'गणतन्त्रको यात्रा : बन्दी वृतान्त ' पुस्तक ६३८ पृष्ठको रहेछ | यो पुस्तक चैत्रको पहिलो साता बजारमा उपलब्ध हुने छ |