'गणतन्त्रको यात्रा' अब बजारमा

April 28, 2019

'गणतन्त्रको यात्रा' अब बजारमा

नरहरि आचार्यको संस्मरणात्मक पुस्तक ''गणतन्त्रको यात्रा : बन्दी वृतान्त" यही बैशाख १८ गते देखि बजारमा उपलब्ध हुने छ |

लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका नरहरि आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका शुरुवातकालिन अभियन्ता समेत हुन् | नेपाली कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन शुरु हुनुभन्दा धेरै अघि देखि नै विभिन्न अभियान चलाएका थिए | बौद्धिक समाज र नेपाली कांग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भए | 

०६१ सालको राजा ज्ञानेन्द्रको कू पछी नेपाली राजनीतिको कोर्स परिवर्तन भयो | धेरै नेता कार्यकर्ताको धरपकड शुरु भयो र बन्दि बनाइयो | २०६१ माघ १९ गते आचार्यलाई पनि बन्दि बनाइयो | त्यहि बन्दी अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त हो यो पुस्तक | 

पुस्तकको सन्दर्भमा आचार्य भन्छन्- ''... यो पुस्तक एक समयको मेरो बन्दी जीवनको वृतान्त हो | म बन्दी रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो | ...खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु |'' 

नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई लिपिवद्द गरेका छन् | आचार्यले आफ्नो अनुभव र तत्कालिन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो बिचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुनेछ। 

'गणतन्त्रको यात्रा : बन्दी वृतान्त ' पुस्तक ६३८ पृष्ठको रहेको छ | 


Latest News

काठमाडौंको नेपथ्य साँझले दोलखामा स्कुल भवन

Feb. 18, 2020

नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना

Nepalaya to publish Durga Karki’s debut book ‘Kumari Prashnaharu’

Feb. 13, 2020

The new team at Publication nepalaya has been working for creating a fresh catalog for the year 2020 and they are now ready with 4

नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

Feb. 13, 2020

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित