पूर्वमन्त्री डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति "प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु (२००७ देखि २०७७ सम्म)" प्रकाशित

पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति "प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धिहरु (२००७ देखि २०७७ सम्म)" प्रकाशित भएको छ । 


विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनुपर्ने र हुन नसकेका कामहरुको विस्तृत तथ्यांक पुस्तकमा उतार गर्नुभएको छ । योजनावद्ध आर्थिक विकास, नेपालको राष्ट्रिय उत्पादन र आयजस्ता विविध आर्थिक विकासका पाटाहरुमा र भावी पुस्ताको भूमिका समेत २५ विभिन्न महत्वपूर्ण विषयको तथ्यांक सहित पुस्तक रुप प्रकाशन भएको हो ।  


पुस्तकमा २००७ सालदेखि राष्ट्रिय पूर्वाधार, यातायात क्षेत्र, उर्जा, सञ्चार, बैंकिङ, शिक्षा, जनस्वास्थ्य, जनसंख्या, उत्पादन, कृषि, उद्योग, पर्याटन, भाषा, साहित्य, संस्कृति लगायतका विधि विषयमा तथ्यांकसहितको गहिरो विश्लेषण गरिएको छ । त्यस्तै, ऐतिहासिक तलबस्केल र बजारभाउ, राष्ट्रिय ढुकुटी, बेरुजु र भ्रष्टाचार, सामाजिक अपराध, विकृतिहरु तथा नेपालको प्राचीन पृष्ठभूमि लगायतका विषयहरुले पाठकहरु लाभान्वित हुनेमा आफू ढुक्क रहेको प्रकाशकले बताए । 


शिखा बुक्सले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य ७७७ रहेको छ ।