यज्ञशको ‘भुइयाँ’ लोकार्पण

पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’ आइतबार सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्ड भृकटीमण्डपमा आयोजित कार्यक्रममा आख्यानकार कुमार नगरकोटी र नेपाल मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीले संयुक्तरुपमा पुस्तक विमोचन गरका हुन् । पुस्तकका प्रकाशक अजित बरालले भने, ‘औसत जीवनका लागि संघर्ष गरिरहेका महिलाहरुका कथाले पाठकका मानवीय संवेदनालाई छुन्छन् र स-साना सामाजिक आन्दोलनलाई हेर्ने उनीहरुको दृष्टिकोणमा परिवर्तन ल्याउँछन् ।’ पुस्तक लेखनबारे चर्चा गर्दे पत्रकार यज्ञशले भने, ‘पहिला मैले एकजना महिलाको कथा लेखेको थिएँ । त्यस्तै कथा अन्य थुप्रै महिलाका पनि रहेछन् । तिनको कथा पनि लेख्न सकियो भने त पुस्तक नै बन्दो रहेछ भनेर मैले पुस्तक लेख्न सुरु गरेको हुँ ।’

पटकथा लेखक यज्ञशले अनुवाद गरेका दुई कृति ‘मोहनदास’ र ‘नेलकटर’ प्रकाशित छन् ।

 

Image source: Yangesh, Facebook