अमर  न्यौपानेको नयाँ पुस्तक 'गुलाबी उमेर'  बजारमा

 मदन पुरस्कार विजेता लेखक अमर  न्यौपानेले नयाँ पुस्तक 'गुलाबी उमेर'  बजारमा आईपुगेको छ । उक्त किताबको बिमोचन भाद्र २१ ,२०७६ मा  भएको थियो। बिमोचनमा नेपालको चर्चित नायिका केकि अधिकारी र उपन्यासकार कृष्ण धरावासी अथितिको रुपमा उपस्थिति भएक  थिए । न्यौपानेको यो पुस्तक चौथो पुस्तक हो भने यस अघि उनले तीन पुस्तकमा निकै सफलता हात परेका थिए। न्यौपानेको पहिलो आख्यान ‘पानीको घाम’ ले ०६६ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो । दोस्रो उपन्यास ‘सेतो धरती’ ले ०६८ को मदन पुरस्कार प्राप्त गर्‍यो भने तेस्रो उपन्यास ‘करोडौं कस्तुरी’ ले बेलायतमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली वाङ्मय नक्षत्र पुरस्कार प्राप्त गर्‍यो।

Image Source: Amar Nyaupane, Facebook