हास्यव्यंगका बादशाह मानिनुहुने स्व. भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी, इतिश्री निवन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार गरिएको हो। मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दू धर्ममा आधारित लोक विश्वास हो। मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् ? यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा जे जस्ता कञ्कट कमेलाको सामना गर्छ यीनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ । विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झञ्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिए सम्म कुनै काम बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतक पात्रले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई 'क्राइभेन कोसेली, दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले उजागर गर्छ। नाटक नेपाली भाषामा तयार भएको छ ।
कृतिः भैरव अर्याल
नाट्य आलेख/निर्देशकः बारत लिम्बू
Mobile Apps
Contact