Drama - संशय (Doubt: A Parable)

Drama - संशय (Doubt: A Parable)

Organized by Nepal Film Campus

Time
Friday 05:15 PM - Sunday 06:45 PM
Date
Friday, July 03, 2026 - Sunday, July 12, 2026
Venue
Studio Theatre, Kathmandu

Pick a date and time

Student tickets available at venue at Rs. 200 only.

नाटकको बारेमा:
अमेरिकी नाटककार जोन प्याट्रिक शान्ली द्वारा सन् २००४  मा लेखिएको नाटक 'डाउट: ए प्याराबल' ले क्याथोलिक विद्यालय भित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवादबीचको द्वन्द्वलाई गहन रूपमा प्रस्तुत गर्दै शंका, विश्वास र सत्यको विविध आयाम खोतल्ने प्रयास गर्दछ । यस नाटकले सन् २००५ मा प्रतिष्ठित पुलिट्जर पुरस्कार (नाटक विधा) र टोनी अवार्ड (सर्वश्रेष्ठ नाटक) सहित अनेकौं सम्मान प्राप्त गरेको थियो । 

निर्देशकीय:
‘संशय’ सत्य र विश्वासबीचको धमिलो रेखाको खोजी हो । यहाँ निश्चिन्तताको अहंकार र संशयको इमानदारीबीच एउटा अदृश्य संघर्ष चलिरहेको छ । के सत्य सधैँ छर्लङ्ग हुन्छ ?, वा यो संशयकै गहिराइमा लुकेको हुन्छ ? यही प्रश्नको कठघरामा उभिएका पात्रहरूको यो कथाले तपाईंलाई उत्तर दिन होइन, बरु गहिरो मानसिक मन्थनतर्फ डोर्‍याउछ । यस वैचारिक यात्रामा तपाईंलाई हार्दिक स्वागत छ ।
-    दिपल बराल

मंचमा 
सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी, काफ्नी थापा

नेपथ्यमा 
स्वयं सेवकहरु: मोनिका लिम्बु, अमृत चौहान
प्रकाश परिकल्पना तथा परिचालन: सम्रिक प्रजापति
ध्वनि परिकल्पना तथा परिचालन: सुप्रिम राना मगर
भेषभुषा : निर्जना महरा, सलोनी कार्की
प्रचार टिम: सक्रिया काफ्ले, प्रज्वल कँडेल, बनिश थापा, शिशिर गिरी, जितेन्द्र श्रेष्ठ, सुरज राई
पोस्टर डिजाइन: प्रवीण कटुवाल, ड्यानी श्रेष्ठ
मंच निर्माण: सागर बिसी, साहिल थापा  
ग्राफिक डिजाइनर: सुजन घिमिरे
बक्स अफिस: साहिल थापा 
मंच व्यवस्थापन : अनन्त पोखरेल
निर्माण: नेपाल फिल्म क्याम्पस 
अनुवाद तथा निर्देशन: दिपल बराल

नेपाल फिल्म क्याम्पसको तर्फबाट:
सन् २०१९ मा स्थापना भएर चलचित्र विषयमा त्रि. वि. बाट मान्यताप्राप्त स्नातक तह (फिल्म अध्ययन) अध्यापन गराईरहेको नेपाल फिल्म क्याम्पस नेपालमा उत्कृष्ट चलचित्र शिक्षामा प्रदान गर्ने उद्देश्यका साथ संचालनमा रहेको शैक्षिक संस्था हो ।

विद्यार्थीहरुलाई अभिनय, प्रकाश, ध्वनि, मंच निर्माण तथा नाटकका अन्य पक्षमा प्रयोगात्मक अनुभव प्रदान गर्नका लागि यो पटक हामीले अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको 'डाउट: ए प्याराबल' लाई नेपाली भाषामा मंचन गरिरहेका छौं । क्याम्पसको आयोजना र विद्यार्थीहरुको मिहिनेत तथा लगनशीलतामा मंचन भइरहेको यस नाटकलाई यहाँको तर्फबाट साथ सहयोग तथा सुझावको अपेक्षा राखेका छौ ।

Location map for Drama - संशय (Doubt: A Parable)