Brihat Pustak Mela

Organized by Nepal exhibition

माघ २५ देखि भृकुटीमण्डपमा 'बृहत् पुस्तक मेला' आयोजना हुने भएको ‍छ। कोरोना कहरपछिको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृति विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ।

काठमाडौंका ५० बढी प्रकाशन संस्था सहभागी हुने पुस्तक मेलामा विशेष छुटमा पुस्तकहरु उपलब्ध हुनेछ।मेलामा नयाँ पुस्तक विमोचन, लेखकसँग साक्षात्कार लगायत कार्यक्रम पनि राखिएको जानकारी दिइएको छ।

फागुन १० सम्म चल्ने मेलामा सहभागी सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटमा किताबहरु बिक्री गरिने छ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास आयोजकले लिएको समेत जनाएको छ।