176th Kabitayatra completed

176th Kabitayatra completed

Organized by ज्योति साहित्य प्रतिष्ठान

Time
6:15 AM
Venue
Online

फागुन ७ गते शुक्रबार भर्चुअल माध्यमबाट १७६औँ कवितायात्रा सम्पन्न भयो। कार्यक्रममा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह सभापति रहनुभएको थियो भने प्रमुख अतिथि वरिष्ठ कवि शैलेन्द्र साकारले कवितामा शब्दहरू सकेसम्म दोहोरिनु हुँदैन भन्दै प्रजातन्त्र दिवसलाई सम्झेर एउटा कविता वाचन गर्नुभयो। विशिष्ट अतिथि जलेश्वरी श्रेष्ठले कार्यक्रममा उपस्थित हुन पाउँदा निकै खुसी अनुभूति भएको व्यक्त गर्नु हुँदै ज्योति साहित्यको कार्यक्रमप्रति शुभेच्छा व्यक्त गर्नुभयो।

कार्यक्रममा पर्वतबाट स्रष्टा सरस्वती शर्मा जिज्ञासु, इजरायलबाट सावित्रा लुइँटेल घिमिरे, हयाग्रीभ आचार्य ( हेटौडा), महेश खरेल, लक्ष्मी बडाल, सुधा ढकाल बासकोटा, गंगा लिगल, दीपा गहतराज (भैरहवा), संगीता ठाकुर, निरु बिन्दु (कालेबुङ ), जीविका अश्रु (सिक्किम), चन्द्रा न्यौपाने (काठमाडौं ), स्मृति अधिकारी ( कालिकोट), आर्त अकुलिन (लम्की), रेणु घिमिरे (सिरहा), शंकर ढकाल ( सिलिगुडी), राधिका गुराँगाई, ममता मृदुल (विराटनगर), राजेश्वरी काफ्ले (लालबन्दी), लक्ष्मी बडाल, बाबुराम न्यौपाने उत्स (दमक), गंगा आचार्य सापकोटा, निर्मल पराजुली लगायतले कार्यक्रममा कविता, गीत, गजल, खोरिया, सुसेली, मुक्तक रचना वाचन गर्नु भएको थियो । साथै, उहाँहरूले कार्यक्रममा जोडिन पाउँदा ज्यादै खुसी लागेको समेत बताउनुभयो ।

कार्यक्रम संचालन सुशीला ढकाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि सहायक प्राध्यापक विदुर चलिसेज्यूले वाचित रचनाहरुको समीक्षा गर्नुभएको थियो । प्रमुख अतिथि शैलेन्द्र साकारले वर्तमान जटिल परिस्थितिमा पनि विभिन्न ठाउँबाट साहित्य सर्जकहरु जोडेर कार्यक्रम भव्य र सभ्य बनाउन सफल भएकोमा ज्योति साहित्य प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै सभापति मणिराज सिंहले यस्तो संक्रमणको बेला विभिन्न ठाउँबाट स्रष्टा जोडिएर कार्यक्रम सफल बनाइदिनु भएकोमा स्रष्टाहरूलाई धन्यवाद दिँदै एउटा कविता वाचन गर्नुभयो। ज्योति साहित्य प्रतिष्ठानले प्रत्येक महिनाको पहिलो शुक्रबार भर्चुअल कार्यक्रम गर्दै आइरहेको छ।