Taksar Vol. 5 Issue 9

टक्सार वर्ष ५, अङ्क ९: खोकिलामा खबौंको खजाना

E-magazine

Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: December 23, 2025
Paperback
Weight:255 g

टक्सार प्रिमियम म्यागजिन: हरेक अंक, संग्रहणीय अंक

२०८२ पुस अंकका प्रमुख आकर्षणहरू:

खोतल्नै बाँकी खर्बौँको खजाना

नेपालमा खानीको सम्भाव्यता र आर्थिक आकलन कति छ? नेपालमा बहुमूल्य र मूल्यवान खनिजहरूको ठुलो भण्डार भए तापनि यसको सही उपयोग हुन सकेको छैन । नेपालका सम्भाव्य बहुमूल्य खनिजहरूको उत्खननका लागि लाइसेन्स लिने, तर वर्षौंसम्म कुनै काम नगरी त्यसलाई ओगटेर  राख्ने प्रवृत्ति मौलाउँदो छ । व्यवसायीहरूले प्रक्रिया मिलाएर पछि अरूलाई महँगोमा लाइसेन्स बेच्ने उद्देश्यले यसो गर्ने गरेको देखिन्छ ।

भू-राजनीति: खानी कब्जाउने होड

हरि रोका:- नेपालको खनिज र प्राकृतिक सम्पदामा विश्वका शक्ति राष्ट्रहरूको पनि चासो बढ्दो छ । अमेरिका र चीन जस्ता शक्तिशाली मुलुकहरू मात्र नभई अन्य विकसित राष्ट्रहरू पनि क्षेत्रीय स्तरमा आफ्नो प्रभुत्व कायम गर्न र खानीहरूमा पहुँच बनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

विशेष रिपोर्ट- हेफर प्रोजेक्ट: 'उद्यमशीलता' का आडमा अनियमितता: देशभरका स्थानीय तहहरूसँग साझेदारी गरी कृषि तथा पशु उद्यमशीलता विकास गर्ने लक्ष्यका साथ हेफर प्रोजेक्टका कार्यक्रमहरू अघि बढाइएका थिए ।सुरुवाती वर्षहरूमा सकारात्मक प्रभाव पारेको देखिए पनि पछिल्लो समय यस प्रोजेक्टका कार्यक्रमहरूमा 'उद्यमशीलता' भन्दा 'अनियमितता' को आरोप धेरै लाग्न थालेको छ ।
कराधार संरक्षण र लगानी प्रवर्धनमा अपग्रेडको कसरत माेरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज भएसँगै सरकारले चाल्न खाेजेका थप कदम 
पोखरा विमानस्थल: भ्रष्टाचार र ऋणको व्यूह
विचार- युवराज बस्नेत: बजारमा अधिक पैसा (तरलता) हुँदाहुँदै पनि अर्थतन्त्रमा सुस्तता आउनु एक विशिष्ट र चुनौतीपूर्ण अवस्था 
टक्सार-टक: मुलुक सङ्घीयतामा गएपछि खनिज क्षेत्रको अधिकार र जिम्मेवारी बाँडफाँडमा थप अन्योल सिर्जना भएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्कासँग संवाद

     साथमा

  • सेयर बजार: अनलाइन पहुँच र अफलाइन विवेक
  • अवैध अनलाइन सट्टेबाजी
  • मदानी डेरीको सफलता
  • साथमा नियमित अन्य स्तम्भ समाचार र विश्लेषणहरू

  •  


 

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.