६ खर्बको 'गिग अर्थतन्त्र': नयाँ श्रम बजारको उदय नेपालको अर्थतन्त्रमा 'गिग इकोनोमी' वा कार्यमञ्चमा आधारित अर्थतन्त्रको आकार ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । विशेष गरी राइड सेयरिङ, इ-कमर्स, र अनलाइन फ्रिल्यान्सिङमा संलग्न लाखौँ युवाहरूका लागि यो क्षेत्र प्रमुख रोजगारीको आधार बनेको छ ।
आवरण विश्लेषण - हरि रोका: गिग इकोनोमी र आधुनिक पुँजीवाद गिग अर्थतन्त्रलाई नवउदारवादी बजारको एउटा विशिष्ट ढाँचाका रूपमा बनेको छ । पुँजीवादको आधुनिक स्वरूपमा श्रमिक कसरी केवल एक 'वस्तु' वा 'खण्ड' मा सीमित हुँदैछन् भन्ने कुरालाई उजागर गर्छ ।
टक्सार-टक: पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साह, पठाओ नेपालका असीममान सिंह बस्न्यात र इनड्राइभ नेपालकी प्रमुख रिता पोखरेलसँग संवादः गिग इकोनोमी स्थायी रोजगारी नभई 'वैकल्पिक आम्दानीको स्रोत' हो । 'गिग इकोनोमी' तथा राइड सेयरिङको भविष्य र चुनौतीबारे विशेष कुराकानी।
रिपोर्ट - मुस्ताङको स्याउ: हिमालतिर उक्लँदै गरेको सङ्कट जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा मुस्ताङको स्याउ खेती तल्लो भेगबाट बिस्तारै माथिल्लो उचाइतिर उक्लँदै छ । किसानहरूले सामना गरिरहेको यो वातावरणीय र आर्थिक चुनौतीको स्थलगत रिपोर्ट ।
रिपोर्ट - नीतिगत अन्योलमा एनसेल र वैदेशिक लगानी नेपालको दूरसञ्चार क्षेत्रको ठुलो लगानीकर्ता एनसेलले झेल्नुपरेका कानुनी र नीतिगत व्यवधानहरूले समग्र वैदेशिक लगानीको वातावरणमा कस्तो असर पारिरहेको छ भन्ने विश्लेषण ।
विचार- सेरामिक र टायल्स उद्योग: आत्मनिर्भरताको बाटो नेपालमा वार्षिक १५ अर्बको टायल्स आयात हुने गरेकोमा स्वदेशी उद्योगहरूले त्यसलाई प्रतिस्थापन गर्न थालेका छन् । 'सेरामिक्स ग्राम' को अवधारणा र कच्चा पदार्थको स्थानीय उपलब्धताले यस क्षेत्रलाई थप बलियो बनाउँदैछ 1 ।
बैंकिङ वर्गीकरणमा परिवर्तन: 'वर्ग' बाट 'श्रेणी' नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साविकको 'क', 'ख', 'ग' र 'घ' वर्गको सट्टा नयाँ 'श्रेणी' को आधारमा वर्गीकरण गर्ने ऐतिहासिक तयारी गरेको छ । यसले वित्तीय क्षेत्रको विशिष्टीकरण र पारदर्शितामा नयाँ आयाम थप्नेछ ।
साथमा
सेयर बजार: डिजिटल पहुँच र लगानीकर्ताको विवेक ।
कृषि प्रविधि: पहाडी खेतीपातीमा 'मिनी टिलर' क्रान्ति ।
पर्यटन: पोखराको सडक महोत्सवका तीन दशक ।
अन्तर्राष्ट्रिय: भेनेजुएलाको अर्थतन्त्रमा अमेरिकी प्रभाव र विश्व भू-राजनीति ।
साथमा नियमित स्तम्भ र रिपोर्टहरू ।
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.