Genre: | Health |
---|---|
Language: | Nepali |
Published: | September 28, 2023 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937737852 |
ISBN10: | 9937737850 |
Dimensions: | 13.0 x 18.6 x 0.172 inches |
Weight: | 200 g |
नेपालमा स्वास्थ्यसम्बन्धी अधिकतर पुस्तक अङ्ग्रेजी भाषामा छन् । प्रसूति अर्थात् गर्भवतीसम्बन्धी एकाध पुस्तक नेपाली भाषामा उपलब्ध भए पनि स्त्रीरोग अर्थात् महिला स्वास्थ्यमा भने नेपाली भाषामा छँदै छैन भने पनि हुन्छ । यस्तैमा महिला स्वास्थ्यका विविध पक्षलाई समेटेर लेखिएको यो पुस्तक विषयवस्तु र प्रस्तुतिका हिसाबले खँदिलो छ ।
यौवनावस्था, किशोरावस्थादेखि कुमारीत्व, महिनावारी गडबडी, डिस्मेनोरिया, इन्डोमेट्रिओसिस, निःसन्तान, महिलामा हुने सबै खाले क्यान्सर, पिसाब चुहिने समस्या, आकस्मिक गर्भ निरोध, परिवार नियोजनका साधनका भ्रम र यथार्थ, महिलामा गरिने विभिन्न इन्डोस्कोपीजन्य प्रविधि एवम् शल्यक्रियाका लागि गर्नुपर्ने तयारीबारे पुस्तकले सविस्तार सरल भाषामा वर्णन गरेको छ । तेस्रो लिङ्गीका विविध पाटोलाई पनि लेखकले स्थान दिएका छन् ।
विषयवस्तुका हिसाबले प्रत्येक घरमा सङ्ग्रह गरेर राखिनुपर्ने पुस्तक हो यो ।
Mobile Apps
Contact