Sidda Siddanta Paddati
Sidda Siddanta PaddatiSidda Siddanta Paddati

Sidda Siddanta Paddati

सिद्ध सिद्धान्त पद्धति

Paperback
Rs 404Rs 449
Genre:Religion & Spirituality
Language: Nepali
Published:November 26, 2020
Edition:1st
Paperback
Pages:260
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. २०१२ सालमा तनहुँ जिल्लामा जन्मिनुभएका डा. कर्णबहादुर थापा नेपाली सेनाका अवकाशप्राप्त सेनानी (मेजर) हुनुहुन्छ । वि.सं. २०५९ सालमा नेपालको राष्ट्रिय सुरक्षामा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका थापा केही समय स्व. योगी नरहरिनाथका सामीप्यमा रही राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिका विषयमा साक्षर हुने अवसर प्राप्त गर्नुभएको थियो । उहाँ केही समयको प्राध्यापनपछि विगत ५ वर्षदेखि गोरखनाथ परम्पराबाट औघड (गृहस्थ योगी) दीक्षा लिई योगी सिंहनाथका नामले चिनिनुहुन्छ । हाल गोरक्ष दर्शन, साहित्य, गाई तथा कुल-पितृ विषयमा अनुसन्धानरत हुनुहुन्छ ।

गौपूजन अर्थात् हाम्रो संस्कृति परम्परामा गाई तिहार एक पर्वका रूपमा मनाइन्छ । गाईलाई वैदिक कृषि व्यवस्थाको अभिन्न हिस्साका साथै वैदिक राष्ट्रिय प्रार्थनामा कामधेनुका रूपमा प्रार्थना गरिएको छ । ऋषिमुनिका आश्रमहरूमा गौपालन गरिएको हुन्थ्यो । नेपालका गोरक्ष आश्रम वागीश्वरी, बाँके; देवघाट, मृगस्थलीमा आज पनि गौपालन कायम छ । हाम्रो देशमा गाईलाई वैदिक मान्यतानुसार नै राष्ट्रिय जनावरका रूपमा सम्मानित गरिएको हो ।