Currently not available.
Request this bookशाकाहारसम्बन्धी बारम्बार सोधिने प्रश्नका उत्तर र यस दिशामा छोडिने व्यङ्ग्यबाण तथा तर्कका काट
This book marks a significant milestone in the vegan movement in Nepal. It thoughtfully addresses the most common questions and arguments people have when they first encounter veganism or begin exploring animal rights. Whether you’re curious, confused, or committed, this book has something for you.
"If you’re genuinely curious about veganism and the ethical arguments behind it, we highly recommend this book."
"उत्कृष्ट! अत्यन्त उपयोगी! पशुमुक्तिको पक्षमा बोल्ने हरेकले सामना गर्नुपर्ने प्रश्न, तर्क र भ्रमहरुलाई दमदार ढङ्गले सम्बोधन गर्न सघाउने पुस्तक । नैतिकता, आस्था, स्वास्थ्य, वातावरणदेखि लिएर संवाद गर्ने तरिकासम्मका विषयमा उठ्ने अनेकौँ जिज्ञासालाई अनुसन्धानका निष्कर्ष र ठोस तर्कसहित सरल रुपमा पुस्तकले सम्बोधन गरेको छ । पुस्तक मांसाहारका पक्षधरका लागि पनि उत्तिकै पठनीय छ ।"
"अतुलनीय! नेपाली समाजको शाकाहार र पशुमुक्ति अभियानका लागि एक अतुलनीय बौद्धिक सम्पत्ति सिर्जना गर्नुभएको छ रघु आदित्यज्यूले । बहसका लागि बहस गर्ने भन्दा पनि सत्यबोधका लागि तर्क गर्न चाहने जोकोही यस पुस्तकबाट लाभान्वित हुन सक्नेछन् । विषयवस्तुलाई विभिन्न कोणबाट सूक्ष्मतिसूक्ष्म विश्लेषण गरी निष्पक्ष, तार्किक र लगभग अकाट्य निष्कर्ष दिने प्रयास लेखकको रहेको पाएँ । अहिंसामार्गमा यात्रारत पाठक वा अहिंसामय जीवनशैली अवलम्बन गर्न इच्छुक व्यक्तिका लागि यो पुस्तक अँध्यारोमा छर्लङ्ग उज्यालो दिने प्रकाशपुञ्ज साबित हुने विश्वास मैले लिएको छु ।"
"मार्गदर्शिका ! बाँच्न चाहने सबै प्राणीप्रति करुणा राख्दै सकेसम्म कसैलाई कष्ट नदिने र अन्याय हुन नदिने विश्वव्यापी शाकाहारी (साग+आहारी) अभियानमा यो पुस्तक 'गाइड बुक' हो ।"
Your review helps others make informed decisions
Click on a star to start your review