Samriddhi ko Antarwastu's front cover

Samriddhi ko Antarwastu

समृद्धिको अन्तर्वस्तु
Samriddhi ko Antarwastu's front coverSamriddhi ko Antarwastu's back cover

Hardcover

Rs 1200 1500

Delivery in 1-3 days

Paperback

Rs 480 600

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

भनेर होइन, गरेर देखाऔँ । नेपाललाई समृद्ध राष्ट्र बनाऔँ ।

मन, मस्तिष्क र मनस्थितिलाई समृद्धिउन्मुख बनाऔँ ।

'समृद्ध नेपाल, सुखी नेपाली' को सङ्कल्पलाई मूर्त रूप दिन हामीले यसअनुरूप आफ्नो ज्ञान, चिन्तन, व्यवहार आदि परिवर्तन गर्नु आवश्यक छ । यस पुस्तकमार्फत प्रा. डा. तत्व तिम्सिनाले खुसी, सुख र समृद्धिको गहन विश्लेषण गर्ने प्रयत्न गरेका छन् । समृद्धि के हो ? यसको विज्ञान र दर्शन के हो ? समृद्धिका चुनौती र उपायहरू के हुन् ? समृद्धिको मनस्थिति कसरी विकास गर्ने ? विकास हुँदै कसरी समृद्धिमा रूपान्तरण हुन सकिन्छ ? समृद्धिका आयाम के हुन् र त्यसलाई कसरी नाप्ने आदि विषयमा यस पुस्तकले चर्चा गरेको छ । समृद्धि सँगसँगै मानिस कसरी खुसी वा सुखी हुन्छ ? यसका वैज्ञानिक कारण के हुन र हामी हाम्रो मस्तिष्कलाई कसरी समृद्धिको दिशामा लगाउँदै आफूलाई खुसी र सुखीको अवस्थामा पुऱ्याउन सक्छौं भन्नेबारे बताउँदै प्रस्तुत पुस्तकले प्रशिक्षक वा सहजकर्ताका रूपमा समृद्धिबारे अरूलाई सिकाउँदा प्रयोग गरिने विधिसमेत चर्चा गरेको छ ।

यस पुस्तकको माध्यमबाट तपाई आफूलाई समृद्धि अभियानको एउटा अभियन्ता वा विज्ञका रूपमा अगाडि बढाउन सक्नुहुन्छ । हामी रेडबुक पढेर राजनीतिमा होमिएकाहरूका लागि अबको समयमा कसरी आफूलाई बौद्धिक तथा मानसिक रूपमासमेत व्यवस्थित गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ भन्ने बारेका सूत्र सहितको सरल र प्रभावकारी पुस्तक हो यो । डा. खेम लोहनी, पूर्व सांसद

समृद्धि, खुसी र सुखलाई सूत्रबद्ध गरी सरल र पठनीय ढङ्गबाट प्रस्तुत गरिएको यस पुस्तकका माध्यबाट समृद्ध नेपालः सुखी नेपालीको अभियानमा ठुलो टेवा पुगेको छ । राजनीतिकर्मी, प्रशिक्षक आदि सबैलाई उपयोगी पुस्तक । इशु शुब्बा, अध्यक्ष, आईसीए नेपाल गजबको पुस्तक ! समृद्धि अभियानमा लागेका राजनीतिज्ञ, विकासकर्मी, व्यवसायी सबैका निम्ति उपयोगी । समृद्धिउन्मुख मनस्थितिको विकास गर्नेबारेको सूत्र सहितको पुस्तक ।

इन्दिरा पन्त, उपाध्यक्ष, राष्ट्रिय सहकारी महासङ्घ नेपाल

प्रा. डा. तत्व तिम्सिना: समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रसँग आबद्ध डा. तिम्सिना त्रिविविका प्राध्यापक हुन् । विज्ञान, विकास र समृद्धिको अध्ययन, अनुसन्धान तथा अध्यापनमा संलग्न उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक / सहजकर्ता / योजनाविदका रूपमा परिचित छन । उनले विभिन्न न्युरोलिडरसिप प्रशिक्षण कार्यक्रमहरू मार्फत ३० हजारभन्दा बढी व्यक्तिहरूलाई समृद्धिउन्मुख मनस्थितिको विकास गर्न प्रशिक्षित गरेका छन । अध्ययनका क्रममा नेपालका ७७ वटै जिल्ला र ५० भन्दा बढी देशहरूको भ्रमण गर्दाका अनुभव सहितको यो पुस्तकमा 'समृद्ध नेपाल, सुखी नेपाली' को अन्तर्वस्तु तथा अबको बाटोबारे चर्चा गरिएको छ ।

लेखकका अन्य प्रकाशन र प्रशिक्षण समय तालिकाबारे www.tatwatimsina.com बाट थाहा पाउन सकिन्छ ।

All Editions

Hardcover
Prof. Dr. Tatwa Timsina, 2024
9789937171977
Paperback
ISBN13: 9789937171977
Prof. Dr. Tatwa Timsina, 2024