Sampurna Aakash

सम्पूर्ण आकाश


E-book
Rs 195
Paperback
Rs 346 Rs 385
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: October 17, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712835
ISBN10: 9937712831
Pages: 232

पुस्तकको बारेमा

मध्यमवर्गीय नेपाली परिवारका महिलाहरुका भोगाइलाई सरल र सरस शैलीमा प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित कृति । 

पछिल्लो बाहिरी पृष्ठबाट

बजारशास्त्रमा स्नातकोत्तर शोभा ज्ञवाली नेपाली कथा साहित्यकी कान्छी सदस्य हुन् । नागरिक दैनिक, रिपब्लिका दैनिकलगायत पत्रिकाको प्रकाशक नेपाल रिपब्लिक मिडिया प्रा.लि.की निर्देशक ज्ञवाली महिला उद्यमी महासङ्घकी उपाध्यक्ष र नेपाल-फिलिपिन्स उद्योग वाणिज्य सङ्घकी अध्यक्ष हुन् । 'सकारात्मक सोच लिएर अघि बढे सफलता अवश्य हासिल हुन्छ' भन्ने मान्यतामा विश्वास गर्ने ज्ञवाली आजको प्रतिस्पर्धात्मक युगमा असल नागरिक भएर प्रस्तुत हुन सके मात्र जन्मिएको सार्थकता पुष्टि हुने धारणा राख्छिन् । कथाबाहेक उनका लेख/रचना पनि यिनै विषयमा जोड दिएर लेखिएका पाइन्छ । विशेष गरी समाजमा विद्यमान महिलालाई खेद्ने कार्य फिटिक्कै नरूचाउने शोभा यिनै विकृतिलाई साहित्य र लेखनमार्फत् जरैदेखि उखेल्न चाहन्छिन् र आगामी लेखन त्यसैमा केन्द्रित गर्ने प्रण पनि दोहोऱ्याउँछिन् ।