Sampada Ladain's front cover

Sampada Ladain

सम्पदा लडाइँ: सभ्यता, पहिचान र राष्ट्रियता
Sampada Ladain's front coverSampada Ladain's back cover

E-book

Rs 375

Paperback

Rs 750

Delivery in 1-3 days

पुस्तकको बारेमा

हाम्रा सम्पदा समुन्नतिका प्रतीकका साथै राष्ट्रिय परिचयका संवाहक हुन् । भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन् । तिनले सामूहिक आस्था, विश्वास, मूल्य र मान्यताको निर्माण गर्छन् । विगतको वैभव देखाउने सम्पदा भविष्यको समृद्धिका आधार र पुर्खाका देन हुन्, विगतका यथार्थ तस्बिर हुन्, समाजका अभिलेख हुन् । नेपालको सन्दर्भमा राष्ट्र चिनाउने सम्पदा नै उपेक्षित छन् । कतिपय सम्पदा गुमिसकेका छन् भने कतिपय त्यत्तिकै मिल्किएको अवस्थामा छन् । पुर्खाको नासो र समाजको गौरवको मर्म बुझाएर संरक्षणका लागि झकझकाउने पुस्तक हो, सम्पदा लडाइँ ।

पछिल्लो बाहिरी पृष्ठबाट

दामोदर न्यौपाने समकालीन पत्रकारितामा चिनिएको नाम हो । डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्म : सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक लगायत पुस्तक प्रकाशित छन् । न्यौपानेले पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युटबाट साहसी संवाददाता सम्मान, तिरूपति साहित्य सम्मान, केएमसी साहित्य सम्मान लगायत दर्जनौं सम्मान, पुरस्कार पाएका छन् ।

All Editions

9789937734134
Paperback, 1st Edition
ISBN13: 9789937734134
Sangri-La Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review