Samaya Sakas's front cover

Samaya Sakas

समय सकस
Samaya Sakas's front coverSamaya Sakas's back cover

Paperback

Rs 777

Delivery in 1-3 days

पुस्तकको बारेमा

समय सकस गैरआख्यान पुस्तकमा ०७६ साल चैत ११ गतेबाट सुुरु भएको कोरोना संक्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गरिएको छ। तत्कालीन समयमा जसरी आमजनमानसले सकस भोग्नुुपरेको थियो सो कुरालाई स्पष्ट रुपमा उतार्ने कार्य साहित्यकार शाहीले पुस्तकमार्फत गरेकी छन्। सो बेला देशमा ५३ दिन बन्दाबन्दी भएको कुरा पुस्तकमा समेटिएको छ। त्यो अवधिमा नेपालीले झेल्नुपरेको त्रास, भय, दुःख, उपचारको अवस्थालाई स्पष्टसँग उल्लेख गरिएको छ। पुस्तकमा विश्वभरि कोरोना संक्रमितको संख्या र मृतक संख्या पनि उल्लेख गरिएको छ।
त्यसैगरी विभिन्न स्रोतलाई उल्लेख गर्दै नेपालमा संक्रमित र मृत्यु भएको संख्यालाई पनि खुलाइएको छ। नेपाल सरकार, निजी संस्था र व्यक्तिगत रूपमा कोरोना रोकथामका लागि चालिएका कदमलाई पनि पुस्तकमार्फत समेटिएको छ। त्यसैगरी समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट उल्लेख गरिएको छ।
पुस्तकमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना संक्रमणबाट संक्रमित भएर जति जना संघीय राजधानी काठमाडौंका अस्पतालमा गएर उपचार गरेका भए पनि उनीहरूमध्ये एक जना मात्र जीवित सर्खुेत फर्केको र बाँकी सबैको काठमाडौंका अस्पतालमा उपचारका क्रममा मृत्युु भएको उल्लेख छ।

All Editions

9789937705868
Paperback, 1st Edition
ISBN13: 9789937705868
Phoenix Books, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review