Samajwad Ko Yatra's front cover

Samajwad Ko Yatra

समाजवादको यात्रा
Samajwad Ko Yatra's front coverSamajwad Ko Yatra's back cover

Paperback

Currently not available.

Contact us for further queries.

About the Book

Samajwad Ko Yatra is a book on Nepali politics written by Damber Khatiwada.

पछिल्लो बाहिरी पृष्ठबाट

पूर्वी युरोप, रूसदेखि समग्र मङ्गोल भूमि र चीनसम्म, पश्चिम युरोपदेखि पूर्वी एसियासम्म, ल्याटिन अमेरिकादेखि दक्षिण एसियासम्म बिरलै त्यस्ता समाज, राष्ट्र वा राजनीतिक एकाई होलान्, जहाँ समाजवाद एउटा ठूलो उद्वेलनको विषय कहिल्यै बनेन । बितेका तीन शताब्दीमा समाजवाद सबै सभ्यताका लागि आत्ममोहको विषय थियो । अहिले २१औं शताब्दीमा समाजवादका सम्भावना र चुनौती, भवितव्य र गन्तव्यबारे बहस उत्तिकै जीवन्त छ । नेपालले भर्खरै आफूलाई संविधानमै समाजवादउन्मुख' राज्य घोषणा गरेको छ ।

यस पुस्तकले समाजवादको यात्रा, यात्राका दुःखद र सुखद पक्षलाई उत्तिकै मोहक ढङ्गले तुन्ने, बुन्ने र भन्ने प्रयास गर्दछ । समाजवादी राजनीतिक विचार र व्यवहारलाई आख्यानात्मक शैलीमा लेखकले प्रस्तुत गरेका छन् । कतै विचार-मन्थन गरेजस्तो, कतै दार्शनिक बहसमा उत्रेजस्तो, कतै इतिहासका कथा बुनेजस्तो, कतै लेखकका निजी भाव र अनुभूति व्यक्त भएजस्तो यस पुस्तकको शैलीले निक्कै फरक पठनको अवसर सृजना गर्दछ ।

"क्रिटिकल मास', क्रिएटिभ डिस्ट्रक्सन' र भाइब्रान्ट डेमोक्रेसीलाई आफनो विश्लेषणको आधारचिन्तन मान्दै आएका खतिवडाको यो पुस्तक नेपालको राजनीतिमाथि एउटा स्वतन्त्र विमर्श हो ।

All Editions

9789937708180
Paperback
ISBN13: 9789937708180
Sangri-La Books, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review