Sala Pahadmein Kya Hai's front cover
Sala Pahadmein Kya Hai's front coverSala Pahadmein Kya Hai's back cover

Sala Pahadmein Kya Hai

साला पहाडमें क्या है
Paperback
Rs 400
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937949255
ISBN10:9937949254
Weight:250 g

पुस्तकको बारेमा

आधुनिक नेपाली समाजका विविध पाटोहरू झल्काउने कविता संग्रहमा ६४ उत्कृष्ट कविताहरू समावेश गरिएको छ। यस कृतिले पछिल्लो ५० वर्षको सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनलाई प्रतिनिधित्व गर्दछ।

किताब पब्लिसर्सले प्रकाशन गरेको यस कविता संग्रहमा 'यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ, चुनावपछिको गाउँ, जर्साबको कुकुर, नागरिकता, एउटा अलपत्र देश, लासहरूको सगरमाथा' लगायत कालजयी रचनाहरू समावेश छन्। यी कविताहरूले नेपाली जनजीवनका विविध पाटाहरूलाई जीवित र रोचक ढंगले प्रस्तुत गरेका छन्।a

पछिल्लो बाहिरी पृष्ठबाट

जब म गाउँ घुमेर फर्किरहेको थिएँ कसैले सोध्यो- कसरी चलिरहेछ गाउँको पाठशाला ?' मैले भने 'जसरि चलिरहेछ यो देश !'

कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछन्। सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिङ्गो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ । -केदारभक्त माथेमा सानेपा, ललितपुर