Sadhe Teen Hatya

Sadhe Teen Hatya

साढे ३ हत्या

E-book
Rs 80
Paperback
Rs 240
Genre:Contemporary Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937059084
ISBN10:9937059089

पुस्तकको बारेमा

जिवनको सुन्दरता जीवन ज्युनेले मात्र बुझेको हुन्छ । लेखकले आफ्नो अनुभव सुनाउँदै भनेका छन् हामीले हार सोच्नु मात्र पनि हार्नु नै हो । र यो पुस्तक मृत्यु जित्नका लागि लेखिएको हो । आजको समयमा सबैभन्दा बढी मृत्यु सम्भवत सहि निर्णय लिन नसक्दा हुन्छ । विशेषत युबा बर्ग । हामी साना कुरामा चित्तबुझ्दो नतिजा नआएपछी जिवनको मोह त्यग्न सम्म पछि हट्दैनौं । यो पुस्तकमा बुद्धले जस्तै संदेश दिन खोजिएको छ । कसरी एउटा पात्रले आफुभित्रको नकारात्मक उर्जा शक्तीसँग लढेर जीवन ज्युने मार्गमा हिँड्छ त्यसलाईनै हत्याको आधार बनाइएको छ । प्रेम , परिवार र अरु थुप्रै कुराहरु एक एक गर्दै गुमाएको पात्रले समाजको ऐना बन्ने भुमिका निभाएको पाइन्छ । अन्त्यमा , मस्तिष्कमा आउने नराम्रा सोचको हत्या गरेर नै साढे ३ हत्या भएको छ । र यो पुस्तकले युवा बर्गमा एउटा उर्जा दिने काम अवस्य पनि गर्छ त्यसमा कुनै संदेह छैन । - सरोज घिमिरे ' कर्कट कश्यप ' सचिव सिस्नुपानी नेपाल

पछिल्लो बाहिरी पृष्ठबाट

साथीहरूले सायद सही नाम दिएका थिए "आधा पर्व" । त्यसैले हाम्रो जिन्दगी पनि आधा बाटोमै टुंगियो । पर्वत र म एउटै आँगनमा खेलेर बडेका थियौं । सायद बालापनको त्यो लगाव नै हाम्रो किशोरावस्थामा प्रेम बनेर बिउँझिएको थियो । ऊसँगको मेरो सम्बन्धमा कुनै हद नै  थिएन । मेरो पहिलो पिम्पल फुटाउने देखि पहिलो रक्तस्रावको साक्षी ऊ नै थियो । मैले जीवनमा पहिलो र अन्तिम अश्लील भिडियो उसका बाबाको ल्यापटपमा कक्षा आठको जिल्ला स्तरीय परीक्षापछिको बिदामा हेरेकी थिएँ । त्यही दिन मैले आफ्नो जीवनको पहिलो चुम्बन पाएकी थिएँ । आमाले गर्नुभएको चुम्बन कहिल्यै याद छैन । म सानी थिएँ । सायद धेरै सानी जब मेरी आमाले यो दुनियाँ छाड्नुभएको थियो ।

सानीआमालाई नै मैले आमाको स्थान दिदै आएकी छु र अब पनि दिइरहने छु । तर उनी मेरी आमा नभएको कुरा हजुरआमाको मुखबाट कैयौं पटक पाहना सत्कार गर्दा सुन्ने गरेकी छु । सबैको कुरा मान्ने हो भने मेरी आमाको सन्तान मेरो भाइ मात्र हो ।

समय बित्दै जाँदा हाको प्रेममा पर्वतले अश्लील चलचित्रमा झैँ मलाई प्रयोग गर्ने इच्छा देखायो । त्यति बेला कक्षा नौमा अध्ययनरत थियो । भखरै दसैं बिदा भएको थियो । म निकै हराएकी थिएँ । त्यसपछि कति दिनसम्म म पर्वतबाट टाढा टाढा नै भएँ ।