Rajyasattama Communist

Rajyasattama Communist

Kranti ra Vranti

Paperback
Rs 390

पुस्तकको बारेमा

अध्ययन, व्यवहार र प्रयोगबाट मान्छेले जति असल ज्ञानहरू सङ्गृहीत गर्छ, ती सजीव र वैज्ञानिक हुन्छन् । ती ज्ञानलाई एउटै लहरमा सूत्रबद्ध गरेपछि एउटा तागत पैदा हुन्छ । त्यही तागतका बलमा श्रमिक जनताले दुनियाँलाई बदल्ने हो । हामीले नेपाली वर्गसङ्घर्ष, वैचारिक सङ्घर्ष र सत्ता-सङ्घर्षमा अनुभव र संश्लेषण गरेका नौला विचार यस्तै महत्त्वका छन् । भरत ‘सी’ ले हाम्रा यी विचारलाई जसरी नयाँपनसहित प्रस्तुत गर्नुभएको छ, यसले पार्टी -पङ्क्ति र श्रमिक जनतालाई राम्रो वैचारिक खुराक उपलब्ध गराउनेछ ।

 विप्लव ‘सी’
आजको नेपालमा जे छ, त्यो होइन; जे होइन, त्यो छ । जे भनिन्छ, लेखिन्छ, त्यो गरिँदैन; जे गरिन्छ, त्यो भनिँदैन र लेखिँदैन । संविधानमा छ- समाजवादोन्मुखता तर व्यवहारमा छ- दलाल पुँजीवादोन्मुखता । नारा छ- देश, समाज र जनताको सेवा र समृद्वि तर परिणाम छ, ठीक त्यसको विपरीत परिणामदेखि परिणामसम्म, रूपदेखि रूपसम्म र अंशदेखि अंशसम्ममा नै सीमित छन् मान्छेहरू । उनीहरूलाई कारण, सार र समग्रमा केन्द्रित हुनु छैन र हुन दिइएको छैन । यो बेला लेनिनलाई सम्झिँदै भन्नुपरेको छ कि घोषणा गर्न पुँजीवादले केही बाँकी राखेको छैन तर कार्यान्वयन गर्न वैज्ञानिक समाजवाद अपरिहार्य छ |