Radio Yatra's front cover

Radio Yatra

रेडियो यात्रा

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

पत्रकार सुमन खरेलले बिबिसीमा प्रस्तुत गरेका सबैभन्दा राम्रा चार रेडियो कार्यक्रमको पुस्तकाकार रुप हो रेडियो यात्रा । यो पुस्तक द्वन्द्वको दशक, प्रचण्डलाई चिठी, सङ्गीत यात्रा र अपरिचित पात्र गरी चार खण्डमा विभाजित छ।
'जब इतिहास पढिन्छ त्यसमा हामी एक लेखकको व्याख्या अनि उसले जोडेका ऐतिहासिक कालक्रमको शंखला भेटछौं । रेडियो यात्रा' पनि इतिहासको पाठ हो तर यो अन्तक्रियाबाट बुनिएको, लहरमा उठेर फैलिएको श्रव्यक्षणको मुद्रित कलेवर हो । त्यसैले यो जीवन्त छ । यो स्रोता पाठक आफैंले लेखेको, आफैले सुनेको र आफैले भोगेको इतिहास हो । तर यो कालक्रममा समयका ती क्षणलाई समाउने अनि आफ्ना व्याख्या राख्ने र घटनाक्रम, विषय र विचार गरिनुपर्ने विषय छान्ने, त्यसलाई एक दिशा दिने काम सुमन खरेलले गरेका छन् ।' -अभि सुवेदी
२६ वर्षअघि रेडियो नेपालबाट रेडियो यात्रा सुरू गरेका सुमन खरेल बिबिसी विश्व सेवा, लन्डनमा डेस्क एडिटर छन्। गीतकारका रुपमा उनले आफ्नो छटटै पहिचानसमेत बनाएका छन् ।

All Editions

9789937827973
Paperback
ISBN13: 9789937827973
FinePrint, 2011

Your Review