Purush
PurushPurush

Purush

पुरुष

E-book
Rs 205
Genre:Novels
Language: Nepali

पछिल्लो बाहिरी पृष्ठबाट

विशेषगरी गीत र आख्यानमा कलम चलाउने कल्पना खरेलका क्षितिजपारिका शब्दहरू (गीतिसङ्ग्रह), समलिङ्गी सम्बन्ध (उपन्यास), रागिनी (कथासङ्ग्रह), लभ इन जेरुसलेम (उपन्यास) र रानीलाउ (उपन्यास) प्रकाशित छन् ।

उनले रचेका करिब दुई दर्जनजति गीत श्रोतामाझ लोकप्रिय छन् । ' खेल्नुसम्म खेल्यौ..' बोलको गीत उत्कृष्ट पाँचौँमा चयन भएर गीतकार सङ्घ नेपाल मार्फत् सम्मान पत्र पनि पाएको थियो । 'सेतो कात्रोमा गोजी हुँदैन..' गीतले वर्ल्ड नेपाली म्युजिक एवार्डमा दोस्रो पुरस्कार पाएको थियो । उनीद्वारा लेखिएका आधुनिक गीतहरू 'कामना' गीति एल्बममा पनि समेटिएका छन् ।

सर्वदा साहित्य सङ्गम (नेपालगञ्ज) का उपाध्यक्ष, अन्तर्राष्ट्रिय साहित्य समाज लुम्बिनी प्रदेशका सचिव, गीतकार सङ्घका सदस्य, रेडक्रस सोसाइटीका आजीवन सदस्य, संवाद समूहका सदस्य भएर खरेल विभिन्न सङ्घ संस्थामा आबद्ध छिन् ।

बेलायत, भारत, इजरायल, बहराइन लगायत देशहरू घुमिसकेकी उनी अध्ययन, अनुसन्धान, भ्रमण, लेखन र सामाजिक सेवा गर्नमा रुचि राख्छिन् । अलाउद्दिन स्मृति साहित्य प्रतिष्ठान, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, अवधि साहित्य भूषण, भेरी साहित्य लगायतका थुप्रै संस्थाहरूबाट उनले सम्मान समेत ग्रहण गरिसकेकी छिन् ।

RELATED BOOKS