Delivery in 1-3 days
संशोधन मण्डलको पाठशालामा संस्कृतभाषा र वाङ्मयको तथा नेपालको इतिहासको अनुसन्धानको लागि आवश्यक विद्याको शिक्षा लिई पछि ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा पीएच्.डी. गरेका महेशराज पन्त इतिहासप्रधान त्रैमासिक पत्रिका पूर्णिमाका शुरूदेखि हालसम्मका सम्पादक हुन् । संशोधन मण्डलका अध्यक्ष पन्तका सानाठूला गरी अठारवटा पुस्तक र आठ सय जति लेख प्रकाशित छन् । नेपाल-जर्मनहस्तलिखितग्रन्थ संरक्षणपरियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध र अध्यापन तथा फ्रान्सको सीएनआरएसमा शोध गरेका थिए । नेपाल प्रज्ञा-प्रतिष्ठानका मानार्थ सदस्य पन्तको खास अनुसन्धान अहिले संस्कृतकोषविद्या, खस मल्लका अभिलेख, नेवार राज्यका कानूनी लिखत र नेपालको बौद्धिक इतिहासमा चलिरहेको छ ।
नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहबाट शुरू हुन्छ । पृथ्वीनारायण शाह र उनको काम नबुझी नेपाल बुझिँदैन । पृथ्वीनारायण शाहलाई राम्ररी बुझ्न त्यस समयका आधिकारिक सामग्रीको अनुशीलन अपरिहार्य छ । तिनै सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहको यथार्थ चित्र प्रस्तुत गरी उनीबारेका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने प्रयास यस पुस्तकमा गरिएको छ । साथै, पृथ्वीनारायण शाहको उपदेशको पूर्णपाठ पनि यस पुस्तकमा पुस्तकमा पढ्न सकिन्छ |
Your review helps others make informed decisions
Click on a star to start your review