Pratiwahan
PratiwahanPratiwahan

Pratiwahan

प्रतिवहन

Paperback
Rs 404 Rs 449
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937130769
ISBN10:993713076X

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली आख्यान साहित्यमा मनिषा गौचनका केही मौलिक पदचिह्नहरु छन् । पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास 'वल्लीको डायरी' होस् वा दृष्टिविहीनको प्रेम र जीवन झल्काउने उपन्यास 'ह्वाइट केन' नै किन नहोस् । समाजका फरक पात्र र कथाहरुलाई आख्यानको कलेवर समेट्ने उनको अभिलाषा आजपर्यन्त छँदै छ ।

नवीनतम कथासङ्ग्रह 'प्रतिवहन' मा अहिलेसम्म कसैले नलेखेका वा लेख्न नसकेका विस्मयकारी कथाहरु छन् । तिनमा समाजका मार्मिक घटना, दृश्य र कथन समेटिएका छन् । मनिषाको विशेष अभिरूचि जीवनका संघर्ष, सम्बन्धका जटिलता, युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरूको संवेदना र अनुभूतिलाई कथाशिल्प दिनुमा छ । उनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनि पनि सुनिएकै छन् ।

सङ्ग्रहका २१ वटै कथा नौला, बोधगम्य, सम्प्रेषणीय अनि कुतूहलमय छन् । सरलता, मुग्धकारिता, अप्रासाङ्गिक चरित्र र कथानकको अभाव र चित्रणको चामत्कारिकता यिनको विशेषता हो । यी कथाहरू आख्यानको अपरिमेय सौन्दर्य आस्वादन गराउन सक्षम छन् । शशिरमाको सल, पाठेघर, क्याफे स्टुडियो, ठूलो बुबा, क्याप्सुल आदि कथा पढ्दा मथिङ्गल नै झनझनाउँछ । मलाई आशा छ, मनिषा गौचनको कथामार्गले पाठकको पक्कै स्वागत पाउनेछ ।                                                                                                                                                                                 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode