Delivery in 1-3 days
नेपाल सरकारको शाखा अधिकृतदेखि महावाणिज्य दूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कूटनीतिक क्षेत्रमा छत्तिस वर्ष सेवा गरेका गोविन्दप्रसाद कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामिठा अनुभवका केही अंशलाई प्रशासनभित्रको प्रशासन मार्फत बाहिर ल्याएका छन् ।
जीवनको भोगाइले अनुभव दिन्छ, अनुभवले शिक्षा दिन्छ र शिक्षाले बाटो देखाउँछ । सार्वजनिक अनुभवका विभिन्न आयाम बोकेको यो पुस्तक निजामती प्रशासनको क्षेत्रमा कार्यरत पुस्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्दा बेहोर्नुपर्ने उल्झनको उचित व्यवस्थापन गर्न सहयोगी हुनेछ । यो पुस्तक निजामती प्रशासनको पटाक्षेप र अनुभवको हस्तान्तरण हो ।
Your review helps others make informed decisions
Click on a star to start your review