Phurlung

Phurlung

फुर्लुङ

E-book
Rs 120
Paperback
Rs 265 Rs 295
Genre:Contemporary Fiction
Language: Nepali
Published:March 07, 2020
Edition:1st

पुस्तकको बारेमा

महेश्वर पन्तको आख्यान 'फुर्लुङ'ले मोदीखोलो र कालीगण्डकीको दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने माझी परिवारको विस्थापनको कथा वर्णन गरेको छ । 

पछिल्लो बाहिरी पृष्ठबाट

मोदीखोलो र कालीगण्डकीको उत्तर-पश्चिम दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने बोटे (माझी) परिवार विस्थापनको आख्यान हो, फुर्लुङ । स्थान, भाषा, परम्परा र संस्कार विशेषका कारण यो अब्बल आञ्चलिक आख्यानमा दरिएको छ ।

गरिबको शासन आउने आशामा माओवादी विद्रोहमा सामेल पुस्ताको धूलिसात सपनामाथि आख्यानले करूण व्यङ्ग्य गरेको छ । आकारमा लघुकाया भए पनि यसले पाठकलाई सुरूआतदेखि समापनसम्म बाँधेर राख्छ । यो लोकजीवनको अध्ययनका निम्ति पनि गहकिलो खुराक हुन सक्छ ।

फलेबास, पर्वतका महेश्वर पन्तको पहिलो उपन्यास हो, फुर्लुङ । यसअघि उनका मुन्द्री र नबोल्नेहरू कथासङ्ग्रह प्रकाशित छन् । सामाजिक यथार्थमाथि हास्य र व्ययको पुटसहित कथा लेख्न पन्त सिपालु छन् । उनको लेखन शिल्प सरल र सरस छ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode